लक्ष्मी सनराइज बैंकको सेवा पोखराको लेकसाइडमा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको पोखरा महानगरपालिका वडा नं. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ ।

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा नं. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नुहुनेछ ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं. ३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्वतर्फ स्थानान्तरण भएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहक माझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटीएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

अलैँचीको उत्पादन घट्यो, मूल्य बढेर प्रतिमन ९० हजार पुग्यो Read Previous

अलैँचीको उत्पादन घट्यो, मूल्य बढेर प्रतिमन ९० हजार पुग्यो

नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम अनावरण Read Next

नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम अनावरण