ग्लोबल आइएमई बैंक र आइसीआइसीआइ बैंक क्यानाडा बीच साझेदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइसीआइसीआइ बैंक क्यानाडा बीच विभित्र बैंकिङ सेवा सम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आइसीआइसीआइ बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्पित्लाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायी रुपमा क्यानाडा बसाइँ सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरूले आइसीआइसीआइ बैंक क्यानाडाको विभित्र बैकिङ सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन÷प्राप्त गर्न सहज हुनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४७ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

आइसीआइसीआइ बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आइसीआइसीआइ बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आइसीआइसीआइ बैंक क्यानाडाले क्यानाडा बैंकिङ ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आइरहेको छ ।

१५ बैंकको खराब कर्जा बढ्यो, १ दर्जनको ४% माथि पुग्यो, ३ वटाको सीमा नाघ्यो Read Previous

१५ बैंकको खराब कर्जा बढ्यो, १ दर्जनको ४% माथि पुग्यो, ३ वटाको सीमा नाघ्यो

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले २० अर्ब सहुलियतपूर्ण ऋण दिने Read Next

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले २० अर्ब सहुलियतपूर्ण ऋण दिने