हुन्डाई मोटरको आइपीओले बनायो नयाँ रेकर्ड, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । भारतीय सेयर बजारमा हुन्डाई मोटर इन्डिया (एचएमआईएल)को आइपीओ सूचीकृत भएको छ ।  मंगलबार भारतीय स्टक एक्सचेन्जमा सूचीकृत हुँदै हुन्डाई मोटर सेयर बजारमा प्रवेश गरेको हो ।

कम्पनीको सेयर प्रतिकित्ता १९३४ भारुमा कारोबार हुने गरी सूचीकृत भएको हो । यद्यपि, यो मूल्य निष्काशन मूल्यभन्दा १.३ प्रतिशत कम हो । कम्पनीको आइपीओ प्रतिकित्ता १९६० भारुमा निष्काशन भएको थियो ।

कम्पनीले अक्टोबर १५ देखि १७ सम्म आइपीओ बिक्रीमा ल्याएको थियो । हुन्डाईले आफ्नो पूर्ण स्वामित्वमा रहेको भारतको एकाइको १७.५ प्रतिशत हिस्सा आइपीओमार्फत बिक्री गरेको हो ।

कम्पनीको आइपीओमा मागभन्दा तीन गुणा धेरै आवेदन परेको थियो । कम्पनीको आइपीओमा करिब २७ हजार ८७० करोड भारु बराबरको आवेदन परेको थियो । यो भारतीय सेयर बजारमा कुनै पनि आइपीओमा परेको हालसम्मकै धेरै रकमको आवेदन हो । यसअघि लाइफ इन्स्योरेन्स कर्पोरेशनले आइपीओमा २१ हजार करोड भारुको आवेदन परेको थियो ।

लगानीकर्ताले प्रतिसेयर १९६० भारु दरले ८ हजार ३१५.२८ करोड भारु बराबरको ४ करोड २० लाख कित्ता हुन्डाईकाे सेयर पाएका छन् ।

हुन्डाई भारतीय बजारमा दुई दशकपछि सूचीकृत हुने पहिलो कार निर्माता कम्पनी समेत हो । यसअघि सन् २००३ मा मारुती सुजुकीको सूचीकृत भएको थियो ।

भारत दक्षिण कोरियाली कम्पनी हुन्डाइका लागि तेस्रो ठूलो बजार हो । यसले विश्वव्यापी बिक्रीको करिब १४ प्रतिशत हिस्सा ओगट्दछ ।

रोकिएन सुनको मूल्य वृद्धि, लगातार सातौं दिन बनायो नयाँ रेकर्ड Read Previous

रोकिएन सुनको मूल्य वृद्धि, लगातार सातौं दिन बनायो नयाँ रेकर्ड

वाणिज्य बैंकहरूको नाफा ९ गुणासम्म बढ्यो, ७ वटाको भने घट्यो, कुनको कति ? Read Next

वाणिज्य बैंकहरूको नाफा ९ गुणासम्म बढ्यो, ७ वटाको भने घट्यो, कुनको कति ?