सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई दियो ५ करोड

काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक २ लाख रुपैयाँ प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप ५ करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए । १७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।

ऊर्जामा सरकारका १०० दिन : विद्युत् महशुल विवाद झनै गिजोलियो, तेस्रो देशसँग विद्युत् बिक्री सम्झौता Read Previous

ऊर्जामा सरकारका १०० दिन : विद्युत् महशुल विवाद झनै गिजोलियो, तेस्रो देशसँग विद्युत् बिक्री सम्झौता

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरू, ४४ देशका सहभागी Read Next

समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरू, ४४ देशका सहभागी