सुनको मूल्यले बनायो लगातार छैटौं दिन नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । गत बुधबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आज लगातार छैटौं दिन नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  मंगलबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि सोमबार सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । इजरायल र इरान बीच बढ्दो तनावका कारण विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

डलरको मूल्य फेरि इतिहासकै उच्च बिन्दुमा Read Previous

डलरको मूल्य फेरि इतिहासकै उच्च बिन्दुमा

थ्रिस्टार हाइड्रोपावरद्धारा हकप्रद सेयर प्रस्ताव Read Next

थ्रिस्टार हाइड्रोपावरद्धारा हकप्रद सेयर प्रस्ताव