विदेशी लगानीकर्ताको रोजाइमा काठमाडौं, पाँच महिनामा ९० उद्योग दर्ता

काठमाडौं । देश संघीय संरचनामा गइसकेपनि लगानीकर्ताले भने लगानीलाई भौगोलिक रुपमा विविधिकरण गर्न सकेका छैनन् । अझैपनि विदेशी लगानीकर्ता आफ्नो पूँजी उपत्यका बाहिर लगानी गर्न हिच्किचाइ रहेका छन् । उद्योग संचालनको लागि आवश्यक पूर्वाधार, जनशक्ति अभाव, उद्योगमैत्री वातावरण नहुनु जस्ता कारणले नयाँ उद्यमी काठमाडौंभन्दा बाहिर जान नरुचाएकाे देखिन्छ ।

 

चालू आर्थिक वर्षको मंसिर २६ गतेसम्ममा कुल १ सय ६८ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा ती उद्योग संचालनको लागि ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

 

चालू आवमा दर्ता भएका उद्योगमध्ये काठमाडौंमा मात्रै ८३ प्रतिशत उद्योग दर्ता भएका छन् । कुल दर्ता उद्योगमध्ये १ सय ४१ उद्योग वैदेशिक लगानीका रहेका छन् । यी उद्योगमा ३९ अर्ब ८७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ ।

 

वैदेशिक लगानीका कुन जिल्लामा कति उद्योग दर्ता

 

उद्योग संचालनको लागि  केन्द्रीय राजधानीसमेत रहेको काठमाडौं वैदेशि लगानीकर्ताको रोजाइमा परेको छ । विदेशी लगानीमा दर्ता भएका कुल १ सय ४१ उद्योगमध्ये काठमाडौंमा मात्रै ९० वटा उद्योग दर्ताका भएका छन् । यी उद्योगमा १३ अर्ब २८ करोड रुपैयाँ लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ ।

 

ललितपुरमा विदेशी लगानीका ११ नयाँ उद्योग दर्ताका भएका छन् । यी उद्योगमा १० अर्ब २१ करोड रुपैयाँ बराबरका लगानी प्रतिवद्धता आएको छ । यस्तै, कास्कीमा ८ उद्योग ओटा उद्योग संचालन गर्न ५७ करोड लगानी प्रतिवद्धता आएको छ ।

 

विदेशी लगानीकर्ताले भक्तपुरमा ७ ओटा उद्योग दर्ता गरेका छन् । ती उद्योग संचालनको लागि ६० करोड वैदेशिक लगानीमा प्रस्ताव गरेका छन् । यस्तै काभ्रे र चितवनमा वैदेशिक लगानीमा ४/४ वटा नयाँ दर्ता भएका छन् ।

 

सिन्धुपालचोकमा ५ अर्ब ८४ करोड वैदेशिक लगानीमा २ नयाँ उद्योग दर्ता भएका छन् । यसैगरी बाग्लुङ, बाँके, बारा, दाङ, धादिङ, हुम्ला, इलाम, कैलाली, महोत्तरी, मक्वानपुर, नुवाकोट, पर्सा, सिन्धुपाल्चोक, सिरहा, तनहु र ताप्लेजुङ जिल्लामा वैदेशिक लगानीका १/१ वटा उद्योग दर्ता भएका छन् ।

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक Read Previous

बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

कर चुक्ता प्रमाणपत्र बनाउन नक्कली लेटरप्याड र छापको धन्दा नबढ्ला भन्न सकिन्नः दिपेन्द्रबहादुर क्षेत्री Read Next

कर चुक्ता प्रमाणपत्र बनाउन नक्कली लेटरप्याड र छापको धन्दा नबढ्ला भन्न सकिन्नः दिपेन्द्रबहादुर क्षेत्री