काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो ।
कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनले रू. ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रू. ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रू. ३ लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।
यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।