अपि पावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभाता तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न अपिले कात्तिक २९ गते २१ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

दशैंको पाँच दिनमै २ लाख ३७ हजारले गरे हवाई यात्रा Read Previous

दशैंको पाँच दिनमै २ लाख ३७ हजारले गरे हवाई यात्रा

लुक्लाको मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ, कोठा पाउनै मुस्किल Read Next

लुक्लाको मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ, कोठा पाउनै मुस्किल