चुनाव लड्न ट्रम्पलाई एलन मस्कले १० अर्ब दिएको खुलासा

काठमाडौं । विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कल अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टी उम्मेदवार डोनाल्ड ट्रम्पलाई करिब १० अर्ब रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) सहयोग गरेको खुलेको छ ।

सरकारी अनुसान्धानका क्रममा अमेरिकाको पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पले चुनावी अभियानका लागि मस्कसँग उक्त रकम लिएको खुलेको हो ।

सरकारी अनुसन्धान अधिकारीका अनुसार एलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब ७५ मिलियन डलर रकम दिएको खुलेको हो ।

मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्ला, सामाजिक सञ्जाल एक्स (ट्वीटर) र स्पेश एक्सका मालिक हुन् । जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै ट्रम्पको समर्थन गरेका थिए ।

हालै पेन्सिल्बेनियाको बटलरमा भएको ट्रम्पर्को यालीमा पनि मस्क सहभागी भएका थिए । बटलर ट्रम्पमाथि हमला भएको ठाउँ पनि हो ।

अमेरिकामा नयाँ राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा निर्वाचन हुँदैछ । जसमा ट्रम्पको प्रतिद्धन्दी डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार छिन् ।

विश्वव्यापी रूपमा बढ्दै सार्वजनिक ऋण, यस वर्ष १०० ट्रिलियन डलर पुग्ने Read Previous

विश्वव्यापी रूपमा बढ्दै सार्वजनिक ऋण, यस वर्ष १०० ट्रिलियन डलर पुग्ने

नागढुङ्गा सुरुङकाे 'कंक्रिट लाइनिङ' गर्ने काम सकियो, भौतिक प्रगित ८०% नाघ्यो Read Next

नागढुङ्गा सुरुङकाे 'कंक्रिट लाइनिङ' गर्ने काम सकियो, भौतिक प्रगित ८०% नाघ्यो