सेयर बजारमा झिनो अंकको गिरावट, ५९ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा झिनो अंकले घटेको छ । सूचकमा गिरावट आएपनि कारोबार रकम भने करिब ५ करोडले बढेको छ ।

 

शेयर बजार मापक सूचक नेप्से बिहीबार ०.६२ अंकले घटेर ११६७.४१ विन्दुमा आइपुगेको छ । आज १७२ कम्पनीको ५८ करोड ८६ लाख ७७ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ । १६ लाख ४१ हजार २११ कित्ता शेयर किन बेच भएका छन् ।

 

कारोबार भएका १२ वटा समूहमध्ये ८ समूहको सूचक ओरालो लागेका छन् भने ४ समूहको सूचक उकालो लागेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २४.६७ अंकले घटेको छ भने व्यापार समूहको सूचक सबैभन्दा धेरै ३५.७२ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज नेपाल बैंकको कारोबार शीर्ष स्थानमा रह्यो । २३ वर्षपछि २५ प्रतिशत लाभांश दिएको नेपाल बैंकको लाभांश पाउन शेयर किन्ने अन्तिम दिन भएकाले लगानीकर्ता यसको शेयरमा झुम्मिएका हुन् । यसदिन नेपाल बैंकको मात्र १३ करोड २२ लाख ११हजार २४८ रुपैयाँको कारोबार भएको छ ।

 

आज नेपाल सेवा लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.८० प्रतिशतले बढेको छ भने पाँचथर पावरको शेयर मूल्य सबैभन्दा धेरै ७.६२ प्रतिशतले घटेको छ

आर्थिक क्षेत्रमा विद्यमान लैङ्गिक विभेदको खाडल पुर्न अझै २५७ वर्ष लाग्ने Read Previous

आर्थिक क्षेत्रमा विद्यमान लैङ्गिक विभेदको खाडल पुर्न अझै २५७ वर्ष लाग्ने

खाद्य बालीको सट्टा सुन्तलाखेती गर्ने कृषकले अनुदान पाउने Read Next

खाद्य बालीको सट्टा सुन्तलाखेती गर्ने कृषकले अनुदान पाउने