नारायणगढ-काठमाडौं सडकमा ठूला गाडी चलाउन रोक

काठमाडौं । नारायणगढ-काठमाडौं सडकमा ट्रेलर लगायत ठूला मालबाहक सवारीसाधन चलाउन रोक लागाइएको छ ।

यातायात व्यवस्था विभागले घटस्थापनादेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

विभागले सूचना जारी गर्दै असोज १७ गतेदेखि कात्तिक १ गतेसम्म उक्त सडकमा ट्रेलर, ट्रिपर लगायत ठूला गाडी चलाउन रोक लगाइएको जानकारी गराएको हो ।

विभागले दशैंका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि ठूला गाडी संचालनमा रोक लगाइएको हो । तर, खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानीका सवारीसाधन भने संचालन गर्न पाइने विभागले जनाएको छ ।

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल, दुई सातामै पुगे २० हजार बढी Read Previous

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल, दुई सातामै पुगे २० हजार बढी

वित्तीय संघीयता कार्यान्वयन प्राथमिकतामा परेन, स्थानीय तह सक्षम नहुँदा समस्या Read Next

वित्तीय संघीयता कार्यान्वयन प्राथमिकतामा परेन, स्थानीय तह सक्षम नहुँदा समस्या