काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई करसहति ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न कात्तिक १४ गते २७ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल किस्टल, पशुपति, गौशाला, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक ५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार कात्तिक ४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।