टिकेन नेप्सेको वृद्धि, परिसूचक फेरि २६०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमा १५८ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.०७ बिन्दुमा आइपुगेको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८४ करोडले घटर ६ अर्ब ७७ करोड रुपैयँँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहमध्ये फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूह १.७५ प्रतिशतले बढेको छ भने होटल समूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सकोे सर्वाधिक २० करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्य घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज विन नेपाल लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

घुम्ती प्रयोगशालासहित दशैं लक्षित बजार अनुगमन सुरू Read Previous

घुम्ती प्रयोगशालासहित दशैं लक्षित बजार अनुगमन सुरू

वीरगञ्ज भन्सारमा परेन बाढीपहिरोको असर, निर्बाध आयात-निर्यात हुँदै Read Next

वीरगञ्ज भन्सारमा परेन बाढीपहिरोको असर, निर्बाध आयात-निर्यात हुँदै