सेप्टेम्बरमा नेपाल घुम्न आए झण्डै १ लाख विदेशी, कुन देशबाट कति ?

काठमाडौं । सन् २०२४ को सेप्टेम्बरमा विदेशी पर्यटकको आवागमन ५.८२ प्रतिशतले बढेको छ ।

नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को सेप्टेम्बरको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार २९३ पर्यटक बढी नेपाल भित्रिएका हुन् ।

सन् २०२३ को सेप्टेम्बरमा कुल ९१ हजार ३०५ जना पर्यटक आएकामा सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०५ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सेप्टेम्बरमा भारतबाट सबैभन्दा बढी २२ हजार ९८४, अमेरिकाबाट १० हजार ८३, चीनबाट ८ हजार ४२, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलङ्काबाट ४ हजार ९१५, वेलायतबाट ४ हजार ४९३ र बंगलादेशबाट ४ हजार १०३ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२४ को ९ महिनामा कुल ७ लाख ९८ हजार ६३९ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यस वर्ष जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाइमा ६४ हजार ५९९, अगष्टमा ७२ हजार ७१९ र सेम्टेम्बरमा ९६ हजार ३०५ विदेशी नेपाल भित्रिएका हुन् ।

वाग्मती करिडोरमा यात्रा गर्न कष्टकर, जताततै हिलो र धुलो Read Previous

वाग्मती करिडोरमा यात्रा गर्न कष्टकर, जताततै हिलो र धुलो

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै Read Next

झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै