काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश दिने घोषणा गरेको छ।
लघुवित्त सञ्चालक समितिको पुस ९ गते सम्पन्न १४४ औं बैठकले २५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्त कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन्।
