फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको असोज १५ गते बसेको बैठकले सेयरधनीलाई १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

१५ बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम, यी हुन् सबैभन्दा सस्तोमा ऋण दिने बैंक Read Previous

१५ बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम, यी हुन् सबैभन्दा सस्तोमा ऋण दिने बैंक

अवैध रूपमा बसेका १५ जना बंगलादेशी ठमेलबाट पक्राउ Read Next

अवैध रूपमा बसेका १५ जना बंगलादेशी ठमेलबाट पक्राउ