दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

नवलपरासी । पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ ।

सडक मर्मत गरेर आज बिहान ९ः०० बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए। सडक मर्मतलाई निन्तरता दिई आज नै दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ः०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताए ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेका जनाइएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको छ । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको हो ।

हवाई उडानमा नयाँ रेकर्ड, त्रिभुवन विमानस्थलमा एकैदिन ५५९ उडान Read Previous

हवाई उडानमा नयाँ रेकर्ड, त्रिभुवन विमानस्थलमा एकैदिन ५५९ उडान

बाढीपहिरोले ठप्प भएका सडक क्रमशः संचालनमा आउन थाले, यी सडक भने अझै बन्द Read Next

बाढीपहिरोले ठप्प भएका सडक क्रमशः संचालनमा आउन थाले, यी सडक भने अझै बन्द