टोखा-छहरे सडकमा माइक्रोबस ५० मिटर तल खस्यो

त्रिशूली । छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग १ ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

माइक्रोबसमा १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।

माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।

नेप्सेमा उच्च अंकको वृद्धि, सिमेन्ट र फाइनान्समा आकर्षण Read Previous

नेप्सेमा उच्च अंकको वृद्धि, सिमेन्ट र फाइनान्समा आकर्षण

झ्याप्ले खोलाको पहिरो हटाएपछि १७०० सवारी काठमाडौं भित्रिए Read Next

झ्याप्ले खोलाको पहिरो हटाएपछि १७०० सवारी काठमाडौं भित्रिए