गैरआवासीय नेपाली संघले बाढी प्रभावितलाई १ करोड सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढीपहिरोबाट प्रभावितलाई १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार राति बसेको संघ बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति समेत गठन गरेको छ ।समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्ने छ ।

पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आज साँझ आपतकालीन बैठक आह्वान गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश शुल्क अब अनलानबाटै तिर्न सकिने Read Previous

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश शुल्क अब अनलानबाटै तिर्न सकिने

ललितपुरको ७० प्रतिशत घरमा केयूकेएलको खानेपानी सेवा प्रभावित Read Next

ललितपुरको ७० प्रतिशत घरमा केयूकेएलको खानेपानी सेवा प्रभावित