कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा भएको क्षति विवरण सङ्कलन गरी थप रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के–कति क्षति पुर्याएको छ यसको वास्तविक तथ्याङ्क चाँडो सङ्कलन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री अधिकारीले भने, ‘बाढीले थुप्रै कृषिउपजमा क्षति पुर्याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ ।’

बैठकमा क्षतिको यकिन तथ्याङ्क चाँडो सङ्कल नगरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यी हुन् बाढीका कारण क्षति पुगेका १६ जलविद्युत् आयोजना Read Previous

यी हुन् बाढीका कारण क्षति पुगेका १६ जलविद्युत् आयोजना

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल Read Next

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल