नागढुंगा सुरुङमार्गबाटै पठाउन थालियो अत्यावश्यक सेवाका गाडी

काठमाडौं । नौबिसे-नागढुंगा सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरो कारण सडक बन्द भएपछि अत्यावश्यक सेवाका सवारीसाधनलाई सुरुङमार्गबाटै काठमाडौं पठाउन थालिएको छ ।

बिरामी बोकेका एम्बुलेन्स, दूध बोकेको ट्याङ्कर लगायत अत्यावश्यक सेवाका सवारी साधनलाई नागढुंगा सुरूङमार्गबाट काठमाडौं पठाउन थालिएको हो ।

धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुस्थित सुरूङमार्गबाट एम्बुलेन्सलगायत सवारी साधन पठाउन थालिएको हो।

पूर्ण रुपमा निर्माण सम्पन्न भइनसके पनि आपतकालीन अवस्थामा उक्त सुरुङमार्ग प्रयोगमा ल्याइएको सडक विभागले जनाएको छ । गत वैशाख ३ गते ब्रेक थ्रु गरिएको उक्त सुरुङमार्गमा फिनसिङको काम बाँकी हुँदा संचालनमा आउन सकेको छैन् । यो सुरूङ २ हजार ६८८ मिटर लामो छ ।

काठमाडौंबाट बाहिरिएका सवारी साधनलाई पनि पिपलबोट लगायत ठाउँबाट वैकल्पिक मार्गबाट पठाइएको प्रहरीले जनाएको छ ।

झ्याप्लेखोलामा शनिबार लेदोसहित खसेको पहिरो अझै पन्छाउन सकिएको छैन । उक्त स्थानमा हालसम्म पहिरोले पुरिएका ४ वटा सवारीसाधन भेटिएका छन् भने ३५ जनाको शव फेला परेको छ ।

प्राइम कमर्सियल बैंकद्धारा रक्तदान सम्पन्न Read Previous

प्राइम कमर्सियल बैंकद्धारा रक्तदान सम्पन्न

यी हुन् बाढीका कारण क्षति पुगेका १६ जलविद्युत् आयोजना Read Next

यी हुन् बाढीका कारण क्षति पुगेका १६ जलविद्युत् आयोजना