बीपी राजमार्गको कानढुंग्रीमा करिब ५० मिटर सडक भासियो

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुंग्री नजिक सडक भासिएको छ ।

खुर्कोट-नेपालथोक सडकखण्डको सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग नजिकै आइतबार बिहान करिब ५० मिटर सडक भासिएको हो ।

सुनकोशी नदीले कटान गरेपछि सडक भासिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कालोपत्र सडक पूरै भासिएपछि सवारी साधन वारपार हुनसक्ने अवस्था रहेको छैन ।

शनिबारदेखि नै बीपी राजमार्ग पूर्ण रुपमा बन्द छ । नेपालथोक नजिक रोशी खोलाले करिब ६० मिटर सडक पूरै बगाएको छ । त्यहाँ अस्थायी सडक निर्माण गरेर यातायात संचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपालथोक-खुर्कोट खण्डको कमेरेफाँटमा खसेको लेदोसहितको खसेको पहिरो हटाउने काम जारी छ ।

सुर्खेत बाहेक अरू सबै विमानस्थलमा संचालनमा आयो हवाई सेवा Read Previous

सुर्खेत बाहेक अरू सबै विमानस्थलमा संचालनमा आयो हवाई सेवा

स्वास्थ्य बीमा सुधारका लागि सुझाव समिति गठन Read Next

स्वास्थ्य बीमा सुधारका लागि सुझाव समिति गठन