प्रतिकूल मौसमले हवाई उडान प्रभावित, माउन्टेन फ्लाइट स्थगित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो ।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहेको छ । पोखरा, सुर्खेत लगायत गन्त्व्यका उडानहरू प्रभावित भएका छन् ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली रहनाका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि भारी वर्षा भइरहेको छ ।

पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक बन्द Read Previous

पहिरोले भीमफेदी-कुलेखानी-फाखेल सडक बन्द

ग्लोबल आइएमई बैंकमा अनलाइबाटै २५ लाखसम्म सेयर कर्जा पाइने Read Next

ग्लोबल आइएमई बैंकमा अनलाइबाटै २५ लाखसम्म सेयर कर्जा पाइने