काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार ग्रीन डेभलपमेन्ट बैंक र नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा ग्रीन डेभलपलमेन्ट बैंकको ३.८० प्रतिशत (१ लाख ९७ हजार २२० कित्ता) र नागरिक लगानी कोषको १४ प्रतिशत (७४ लाख ३९ हजार २५० कित्ता) सेयर सूचीकृत भएको छ ।
दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।