दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउने आज अन्तिम दिन रहेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहज ऊर्जा कम्पनीको लाभांश पाउने सेयर किन्ने आज अन्तिम दिन रहेको हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि सानिमा रिलायन्स लाइफले भोलि (असोज ११ गते) र साहस ऊर्जाले असोज १३ गते बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै दुवै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

सानिमा लाइफले अघिल्लो वर्षको नाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले असोज २३ गते सातौं वार्षिक साधरण सभा बोलाएको छ । यसको सभा अनमोल बैंक्वेट, शंखमूल, नयाँ बानश्वर, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

त्यसैगरी, साहस ऊर्जाले गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न साहसले कात्तिक ४ गते, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा साधरण सभा बोलाएको छ ।

त्यस्तै, साहसले सभामा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।

निगमको अन्तर्राष्ट्रिय टिकट अब काठमाडौं बाहिर ४ ठाउँबाट काट्न मिल्ने Read Previous

निगमको अन्तर्राष्ट्रिय टिकट अब काठमाडौं बाहिर ४ ठाउँबाट काट्न मिल्ने

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली Read Next

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली