थामिएन नेप्सेको पहिरो, परिसूचक २५०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । सोमबार ५९ अंकले घटेको नेप्से आज पनि त्यति नै अंकले घटेको छ । दुई दिनमै नेप्से ११८ अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा आइपुगेको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार कममा भने झिनो वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ करोड रुपैयाँले बढेर ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ ओटै समूहको परिसूचकमा गिरावट आएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक समूहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक १८ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको १७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

आज अपर स्याङगे हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ७.८३ प्रतिशत कमाएका छन् ।

उपत्यकामा खाद्य पदार्थको अनुगमन गर्न तीन टोली परिचालन Read Previous

उपत्यकामा खाद्य पदार्थको अनुगमन गर्न तीन टोली परिचालन

'रोयल ट्युलिप' नेपाल भित्रिँदै, पौने २ अर्बमा बूढानीलकण्ठमा रिसोर्ट बनाउँदै Read Next

'रोयल ट्युलिप' नेपाल भित्रिँदै, पौने २ अर्बमा बूढानीलकण्ठमा रिसोर्ट बनाउँदै