नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत साता १११ अंकले घटेको नेप्से आज ११ अंकले बढेको हो । आज बजार खुल्ने बित्तिकै नेप्से ६५ अंकले बढे पनि बिक्री चाप बढ्दा अन्त्यमा ११ अंकले मात्र बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक ११.५८ अंकले बढेर २५८८.३५ बिन्दुमा पुगेको छ । आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा सुधार आए पनि आज कारोबार कममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५७ रुपैयाँले घटेर ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । यो दुई महिना यताकै कम हो ।

आज कारोबारमा आएका १३ ओटा समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशतले बढेको छ भने उत्पादनमूलक ०.१९ प्रतिशतले घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक २७ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको १४ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ ।

दोहोरो अंकले बढेकोे बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर स्याङे हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

रावा इनर्जीका सेयरधनीले भने सर्वाधिक ८.६५ प्रतिशत गुमाएका छन् ।

नीतिगत लचकताका बाबजुद घरजग्गा कारोबार लगातार ओरालो, भदौमा २५% घट्यो Read Previous

नीतिगत लचकताका बाबजुद घरजग्गा कारोबार लगातार ओरालो, भदौमा २५% घट्यो

निजी क्षेत्रलाई 'ल्यान्ड पुलिङ' गर्न दिन व्यवसायीको माग, 'सरकार सकारात्मक छ' Read Next

निजी क्षेत्रलाई 'ल्यान्ड पुलिङ' गर्न दिन व्यवसायीको माग, 'सरकार सकारात्मक छ'