दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक, यस्तो छ डाइभर्सन रुट

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको छ ।

भोलि (असोज ३ गते) संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’का लागि स्टेज निर्माण भइरहेकाले उक्त क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको हो।

भोलि बेलुकासम्मका लागि विभिन्न सडकमार्गबाट दरबारमार्ग आउने सवारी साधनलाई डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

भोलि बेलुका ८ बजेपछि भने उक्त क्षेत्रमा नियमित रुपमै सवारी संचालन हुने ट्राफिकले जनाएको छ ।

महासंघको 'स्टार्टअप' नीति पारित, साना तथा मझौला उद्योग प्रवर्द्धनमा विशेष प्रयास Read Previous

महासंघको 'स्टार्टअप' नीति पारित, साना तथा मझौला उद्योग प्रवर्द्धनमा विशेष प्रयास

बंगलादेशसँगको आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड Read Next

बंगलादेशसँगको आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड