नेपाल ल्युबको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्युबले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज तोकेको छ । सो अनुसार भोलि सार्वजनिक बिदा रहेकाले आजसम्म कायम रहने सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न असोज १८ गते ३३ औं वार्षिक साधरण बोलाएको छ । कम्पनीको सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

त्यस्तै, कम्पनीले सभामा प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ ।

 

मलेखु-मुग्लिन सडक विस्तार सुस्त, डेढ वर्षमा १६ प्रतिशत मात्रै प्रगति Read Previous

मलेखु-मुग्लिन सडक विस्तार सुस्त, डेढ वर्षमा १६ प्रतिशत मात्रै प्रगति

नेपाल र बंगलादेश बीच विद्युत् व्यापार सम्झौताको अन्तिम तयारी, जुटे सघन छलफलमा Read Next

नेपाल र बंगलादेश बीच विद्युत् व्यापार सम्झौताको अन्तिम तयारी, जुटे सघन छलफलमा