न्यादी हाइड्रोपावरको लकइन पिरियड कात्तिक ४ गते सकिँदै

काठमाडौं । न्यादी हाइड्रोपावरको १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको लकइन पिरियड आगामी कात्तिक ४ गते सकिने भएको छ ।

कम्पनीको संस्थापक सेयरधनी, कर्मचारी र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको नाममा रहेको उक्त सेयरको लकइन अवधि सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार संस्थागत, स्थानीय र कर्मचारीको नाममा रहेको सेयर आइपीओ बाँडफाँट भएको ३ वर्षसम्म लकइनमा राख्नुपर्ने हुन्छ । कम्पनीको आइपीओ २०७८ कात्तिक ५ गते बाँडफाँट भएको थियो ।

आगामी कात्तिक ५ गतेदेखि संस्थापकहरू, स्थानीय र कर्मचारीले आफ्नो नाममा रहको न्यादीको सेयर बिक्री गर्न पाउने छन् ।

बैंकहरूको नाफा साढे ७% बढ्यो, ग्लोबलले नबिललाई उछिन्यो, कुनको कति ? Read Previous

बैंकहरूको नाफा साढे ७% बढ्यो, ग्लोबलले नबिललाई उछिन्यो, कुनको कति ?

लामो समयदेखि अलपत्र मालढुङ्गा-बेनी खण्ड मर्मत सुरू Read Next

लामो समयदेखि अलपत्र मालढुङ्गा-बेनी खण्ड मर्मत सुरू