काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले आव २०७८/७९ २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर (करबाहेक) लाभांश दिने निर्णय गरेको हो ।
त्यस्तै, कम्पनीले उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश र हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा कालिमाटी ब्यांक्वेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असोज ७ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार असोज ६ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।