प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पदान सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मनत्रीहरूसँग कार्यसम्पदान सम्झौता गरेका छन् ।

बिहीबार सिंहदरवारमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

उनले हरेक मन्त्रीहरूसँग सम्झौताको प्रति आदानप्रदान गरे । सम्झौतापछि प्रधानमन्त्री ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

उनले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए ।

‘हामी टिम स्पिरिटमा काम गर्छौँ, एकअर्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले पूर्वमन्त्रीहरूका अनुभवबाट काम सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने काम गर्न मन्त्रीहरूलाइ आग्रह गरे ।

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी Read Previous

भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

ग्लोबल आइएमई बैंकले एकैपटक पायो दुई अन्तर्राष्ट्रिय अवार्ड Read Next

ग्लोबल आइएमई बैंकले एकैपटक पायो दुई अन्तर्राष्ट्रिय अवार्ड