नेप्सेमा लगातार पाँचौं दिन दोहोरो अंकको गिरावट, २ महिना यताकै कम कारोबार

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन दोहोरो अंकको गिरावट आएको छ । गत बुधबारदेखि लगातार दोहोरो अंकले घट्दै आएको नेप्सेले आज पनि सोही लय कायम राख्दै १३ अंकले घटेको हो । पछिल्ला ५ दिनमै नेप्से १९६ अंकले घटेको छ ।

मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा आइपुगेको छ । आज ३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब १९ करोडले घटेर ७ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । यो २ महिना अर्थात् असार २७ गते यताकै कम हो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार र होटल बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ०.९९ प्रतिशतले घटेको छ ।

आज एचआइडीसीएलको प्रमोटर सेयर सर्वाधिक २९ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ६७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज मानुषी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज स्वरोजगार लघुवित्तका सेयरधनीले सर्वाधिक ५.९१ प्रतिशत गुमाएका छन् ।

उद्योगमन्त्री र कतारी राजदूत बीच शिष्टाचार भेट, सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड Read Previous

उद्योगमन्त्री र कतारी राजदूत बीच शिष्टाचार भेट, सहयोग आदानप्रदान बढाउनुपर्नेमा जोड

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने Read Next

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने