मेलम्ची खानेपानी भ्रष्टाचारमा ४ जना दोषी, १० जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा ४ जनालाई दोषी ठहर गरेको छ भने १० जनालाई सफाइ दिएको छ ।

सोमबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो ।

अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित १० जनालाई सफाइ दिएको छ ।

कालीगण्डकी करिडोरमा पहिरो रोकथाम गर्न 'रक एङ्करिङ' Read Previous

कालीगण्डकी करिडोरमा पहिरो रोकथाम गर्न 'रक एङ्करिङ'

आइफोन-१६ सिरिज सार्वजनिक, मूल्य कति ? Read Next

आइफोन-१६ सिरिज सार्वजनिक, मूल्य कति ?