होटल तथा रेष्टुरेन्टले अनलाइनबाट भुक्तानी गर्ने ग्राहकलाई १०% भ्याट फिर्ता गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले होटेल तथा रेस्टुरेन्ट व्यवसायीलाई अनलाइनमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार उक्त रकम बैंक खातामा जम्मा हुने व्यवस्था गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार मदिरा पिउने केन्द्र (बार)बाट प्रदान गरिने सेवामा, चमेनागृह र सबै प्रकारका होटेल, मोटेल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता पाइने छ ।

डेबिट/क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइलजस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रूपमा फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी  चिह्न प्रदान Read Previous

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी  चिह्न प्रदान

पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी, नियमावली बन्यो Read Next

पेट्रोलियम पदार्थमा इथानोल मिसाउने तयारी, नियमावली बन्यो