नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । बुधबारदेखि लगातार दोहोरो अंकले घट्दै आएको नेप्से आज पनि २५ अंकले घटेको हो । पछिल्ला ३ दिनमै नेप्से १२७ अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० बिन्दुमा आइपुगेको छ । ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच भएको छ । आज १० अर्ब १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । माइक्रोफाइनान्स समूह परिसूचक सबैभन्दा धेरै १.६१ प्रतिशतले बढेको छ भने विकास बैंक समूह २.०७ प्रतिशतले घटेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक ४२ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एचआइडीसीएलको प्रमोटर सेयर झण्डै ३६ करोड बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५६ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महुली लघुवित्त, श्रृजनशील लघुवित्त र मिड सोलु हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको घोषणा, प्रतिगाडी १० हजार जम्मा हुने Read Previous

साइमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको घोषणा, प्रतिगाडी १० हजार जम्मा हुने

'निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा अर्थतन्त्र थप धराशायी हुन्छ' Read Next

'निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा अर्थतन्त्र थप धराशायी हुन्छ'