काठमाडौं । माण्डु हाइड्रोपावरे गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई करसहति १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले उक्त लाभांश पारित गर्न असोज १४ गते तेह्रौं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा नेपा ब्यांक्वेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरू हुनेछ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।