टिकटक माथिको प्रतिबन्ध हट्यो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ ।
प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।
सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।
एडीबीबाट सवा १५ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिइने Read Previous

एडीबीबाट सवा १५ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिइने

राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट नदिने, चलनचल्तीकै सुकिलो नोट साट्न पाइने Read Next

राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट नदिने, चलनचल्तीकै सुकिलो नोट साट्न पाइने