नेप्सेमा १ करोड ६८ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को हकप्रद सेयर सूचीकृत भएको छ ।

बुधबार नेप्सेमा कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद मध्ये अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर हालै लिलामी मार्फत बिक्री गरेको थियो । सोही सेयर सूचीकृत गरेको हो ।

नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

 

मासिक ४३४ रुपैयाँमै कारो आइपीटीभी Read Previous

मासिक ४३४ रुपैयाँमै कारो आइपीटीभी

धुलिखेल-खावा सडकमा दुई दिन मालवाहक गाडी चलाउज रोक  Read Next

धुलिखेल-खावा सडकमा दुई दिन मालवाहक गाडी चलाउज रोक