नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक फेरि २७०० अंक नजिक

काठमाडौं । सेयर बजार भारी गिरावट आएको छ । अघिल्लो दुई कारोबार दिनमा १३४ अंकले बढेको नेप्से आज एकैदिन ९० अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा आइपुगेको छ । ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५९ करोड रुपैयाँले घटेर १२ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूच्क राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ । त्यस्तै, होटल समूहको परिसूचक ४.४७ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ३० करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ ।

भारी गिरावट आएको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज गुडविल फाइनान्सका सेयरधनीले सर्वाधिक ८.६१ प्रतिशत गुमाएका छन् ।

प्रतिधार्नी ७०० रुपैयाँमा बिक्ने ऊन डेढ सयमा पनि बिक्न छाड्यो, भेडापालक किसान चिन्तामा Read Previous

प्रतिधार्नी ७०० रुपैयाँमा बिक्ने ऊन डेढ सयमा पनि बिक्न छाड्यो, भेडापालक किसान चिन्तामा

यी हुन् सेयर बजार 'बुल'मा लगानीकर्ताले गर्ने ७ भूल Read Next

यी हुन् सेयर बजार 'बुल'मा लगानीकर्ताले गर्ने ७ भूल