काठमाडौं । सुपरमा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको भदौ १७ गते बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।