काठमाडौं । साहस ऊर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता सेयरको लकइन पिरियड आगामी असोज १६ गते सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, स्थानीयको ३५ लाख कित्ता र कर्मचारीको नाममा रहेको २ लाख १० हजार कित्ता सेयरको लकइन पिरियड सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार संस्थागत, स्थानीय र कर्मचारीको नाममा रहेको सेयर आइपीओ बाँडफाँट भएको ३ वर्षसम्म लकइनमा राख्नुपर्ने हुन्छ । कम्पनीको आइपीओ २०७८ असोज १७ गते बाँडफाँट भएको थियो ।
आगामी असोज १७ गतेदेखि संस्थापकहरूले आफ्नो नाममा रहको साहस ऊर्जाको सेयर बिक्री गर्न पाउने छन् ।