नेप्सेमा उच्च अंकको गिरावट, ३ कम्पनीको मूल्य सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । दिनभरमा ७२ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा झण्डै ३७ अंकले घटेको हो ।

यस साता नेप्से सोमबार र मंगलबारमै १९२ अंकले घटेको थियो भने बुधबार ३ अंकले बढेको थियो ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४८ करोड रुपैयाँले घटेर १२ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ बिन्दुमा आइपुगेको छ । आज ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु समूहको परिसूचक घटेको छ । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ ।

आज गुडविल फाइनान्सको ३७ करोड ६५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै, अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ५३ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ ।

घट्दाे बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

बाँकेमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ घाइते Read Previous

बाँकेमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २७ घाइते

उद्योग मन्त्रालयको सुधार कार्ययोजना तयार, यस्ता छन् कार्यक्रम Read Next

उद्योग मन्त्रालयको सुधार कार्ययोजना तयार, यस्ता छन् कार्यक्रम