नेप्सेमा ९८ अंकको उतरचढाव, यी ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव आएको छ । अघिल्ला दुई दिनमै १९२ अंकले घटेको नेप्से इन्ट्रा डेमा ७८ अंकले सम्म बढेको थियो । तर, अन्त्यमा ३ अंकले मात्रै बढेर बन्द भयो । दिनभरमा नेप्सेमा ९८ अंकको उतरचढाव आएको थियो ।

सूचकमा झिनो वृद्धि भए पनि आज कारोबार रकममा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ अर्ब ९२ करोड रुपैयाँले घटेर १३ अर्ब ७२ करोड रुपैयाँमा सीमित भएको छ । यो आधा महिना यताकै कम कारोबार हो ।

बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० बिन्दुमा आइपुगेको छ । आज ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । आज लगानी समूहको परिसूचक सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ भने फाइनान्स १.६९ प्रतिशतले घटेको छ ।

आज चन्द्रागिरि हिल्सको ४३ करोड ७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै, नेपाल फाइनान्सको ४१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ९८ कम्पनीको मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ ।

झिनो अंकले बढेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र आत्मनिभएर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक ६.८८ प्रतिशत गुमाएका छन् ।

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउने तयारी Read Previous

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउने तयारी

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्य पूरा गर्ने निर्णय Read Next

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्य पूरा गर्ने निर्णय