एनसीसी बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि गत वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

 

बैंक संचालक समितिको आइतबार सम्पन्न ७७७ औं बैठकले २०७५/७६ को मुनाफाबाट १५.८९ लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ रहेको छ भने बोनस शेयर वितरण पछि ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधरण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

होटल व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयन, अध्यक्षमा शाह Read Previous

होटल व्यवसायी महासङ्घको नयाँ नेतृत्व चयन, अध्यक्षमा शाह

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको आदेश Read Next

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न सर्वोच्चको आदेश