नेप्सेमा थप दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा सीईडीबीको ११ प्रतिशत (९ लाख २३ हजार ३५१ कित्ता) र मैलुङ खोला जलविद्युत् कम्पनीको २.२२११ प्रतिशत (८१ हजार ७६८.२४ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

जीवन विकास र श्रृजनशील लघुवित्तको सिराहा शाखामा आगजनी Read Previous

जीवन विकास र श्रृजनशील लघुवित्तको सिराहा शाखामा आगजनी

एक महिनामै प्राधिकरणले भारतलाई बेच्यो सवा ४ अर्बको बिजुली Read Next

एक महिनामै प्राधिकरणले भारतलाई बेच्यो सवा ४ अर्बको बिजुली