सरकारले निजी क्षेत्रलाई दुःख दिँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रलाई दुःख दिने कुनै किसिमको काम नगर्ने बताएक छन् ।

मंगलबार नाडा अटो शो २०२४ को उद्घाटन गर्दै उनले सरकारले निजी क्षेत्रलाई दुःख दिनेलाई पनि नियन्त्रण गर्ने बताएका हुन् ।

‘व्यवसायीहरु सरकारले दुःख दियो भन्नुहुन्छ । सरकारले निजी क्षेत्रलाई दुःख  दिने किसिमको कुनै काम गर्दैन । कसैले दुःख दियो भने सरकारले त्यसलाई नियन्त्रण गर्छ,’ अर्थमन्त्री पौडेलले भने ।

उनले असल काम गर्ने व्यवसायीलाई सरकारले सधैं साथ दिने बताए ।  ‘नीतिगत स्थिरता सुनिश्चित गर्न सरकार तयार छ। निजी क्षेत्रलाई हरेक हिसाबमा सरकारले सहयोग गरेर अगाडि बढ्छ,’ उनले भने ।

अर्थमन्त्री पौडेलले नीति सुधारका लागि सरकारले काम गर्ने उल्लेख गरे ।उनले अटो क्षेत्रमा मात्रै नभएर अर्थतन्त्रका सबै क्षेत्रमा परिमार्जन गर्दै जाने सरकारको सोच रहेको बताए ।

बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो Read Previous

बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो

जापानमा प्रतिघण्टा २१६ किमी गतिको ताइफुन, हवाई उडान र रेल सेवा अवरुद्ध Read Next

जापानमा प्रतिघण्टा २१६ किमी गतिको ताइफुन, हवाई उडान र रेल सेवा अवरुद्ध