कुमारी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटलको व्यवस्थापनमा संचालित दुई म्युचुअल फण्डले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल घोषणा गरेका छन् ।

क्यापिटल संचालक समितिको भदौ १० गते बसेको बैठकले लाभांश घोषणा गरको हो ।

क्यापिटलका अनुसार कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाका इकाईधनीलाई समान ९.५/९.५ प्रतिशत नगद (करसहित) लाभांश दिने निर्णय भएको छ ।

दुवै म्युचुअल फण्डको लगानी प्रबद्र्धक कुमारी बैंक रहेको छ ।

देशकै पुरानो भद्रपुर नाकाबाट ६ वर्षदेखि निर्यात शून्य Read Previous

देशकै पुरानो भद्रपुर नाकाबाट ६ वर्षदेखि निर्यात शून्य

बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो Read Next

बागमती प्रदेशमा राजस्व संकलन ९ अर्ब घट्यो