नेप्सेमा उच्च अंकको गिरावट, सूचक २९०० बिन्दु तल झर्यो

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत साता २६ अंकले घटेको नेप्से आज एकैदिन झण्डै ८० अंकले घटेको हो ।

सूचकमा गिरावट आए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५८ करोड रुपैयाँले बढेर १९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।

आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा आइपुगेको छ । आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये लघुवित्त बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । आज लगानी समूहको परिसूचक सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ, हाइड्रोपावर, फाइनान्स र अन्य समूहको परिसूचक पनि ३ प्रतिशतले घटेको छ ।

आज अपि पावरको ८४ करोड ६८ लाख रुपैयाँको २२ लाख ७८ हजार ७८७ कित्ता सेयर किनबेच भएको हो । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका कम्पनीमध्ये ५९ कम्पनीको मूल्य बढेको छ भने १८५ कम्पनीको घटेको छ ।
घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

आज मन्दाकिनी हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ९.९१ प्रतिशत गुमाएका छन् ।

बैंकिङ कसुरकाे कानुन संशोधन गरिँदै : जरिवानामा जोड, रकमका आधारमा कैद Read Previous

बैंकिङ कसुरकाे कानुन संशोधन गरिँदै : जरिवानामा जोड, रकमका आधारमा कैद

विद्युत् खपत तीन गुणा बढ्यो, प्रतिव्यक्ति खपत ४०० युनिट पुग्यो Read Next

विद्युत् खपत तीन गुणा बढ्यो, प्रतिव्यक्ति खपत ४०० युनिट पुग्यो