अपि पावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अपि पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनी संचालक समितिको भदौ ७ गते बसेको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश गरी ९.४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यससँगै अपि गत आवको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो सूचीकृत कम्पनी बनेको छ ।

प्रस्तावित लाभांश अविद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्।

 

बजारमा अण्डाको माग बढ्यो, उत्पादन झन् घट्यो Read Previous

बजारमा अण्डाको माग बढ्यो, उत्पादन झन् घट्यो

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध Read Next

पहिरोले अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध